झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९, बैशाख ९ शुक्रवार

  • 1.3K
    SHARES

  • झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाण्डौ । झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो ।

    विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

    २०७९, बैशाख ९ शुक्रवार११:१६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार