अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

२०७९, बैशाख १० शनिवार

  • 1.0K
    SHARES

  • अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

    काबुल । अफगानिस्तानको तालिबान सरकारले रमाइला तथा सन्देशमूलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।

    तालिबानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् ।

    यसअघि तालिबानले सार्वजनिक रूपमा गीत सङ्गीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियो । तालिबानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिबान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन् ।

    अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिबानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ ।

    प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने बारे तालिबान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । -एजेन्सी ।

    २०७९, बैशाख १० शनिवार१०:२७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार