पूर्व राज्यमन्त्री एवं मधेश प्रदेश सांसद झाको निधन

पूर्व राज्यमन्त्री एवं मधेश प्रदेश सांसद झाको निधन

२०७९, बैशाख ११ आइतवार

  • 1.3K
    SHARES

  • पूर्व राज्यमन्त्री एवं मधेश प्रदेश सांसद झाको निधन

    काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।

    क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो ।
    क्यान्सर पिडित झा दुई महिनादेखि घरमै उपचाररत थिइन् । 

    डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।

    उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।

    २०७९, बैशाख ११ आइतवार०७:५४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार