कङ्गोमा २५ आम नागरिकको हत्या

कङ्गोमा २५ आम नागरिकको हत्या

२०७७, पौष १८ शनिवार

  • 1.9K
    SHARES

  • कङ्गोमा २५ आम नागरिकको हत्या

    पौष १८, बेनी ।

    लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । 

    देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

    आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन ।  

    घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । 

    “सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,” एक अधिकारकर्मीले भने ।

    कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।- एजेन्सी ।  

    २०७७, पौष १८ शनिवार०७:११:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार