डिजिटल साक्षरतामा प्रधानमन्त्री देउवाको जोड : राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस आज 

डिजिटल साक्षरतामा प्रधानमन्त्री देउवाको जोड : राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस आज 

२०७९, बैशाख १९ सोमवार

  • 1.2K
    SHARES

  • डिजिटल साक्षरतामा प्रधानमन्त्री देउवाको जोड : राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस आज 

    काठमाडौँ । आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ ।

    सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रूपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् ।

    उनले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् ।

    यस्तै, सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेम वर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको पनि उनले बताए ।

    यसैबिच, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।

    २०७९, बैशाख १९ सोमवार०९:३३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार