काठमाडौँ । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। हरेक वर्ष मे ३ मा यो दिवस मनाइन्छ।
सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।
यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो।
यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि प्रेस स्वतन्त्रताका विषयलाई लिएर डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध कार्यक्रमको आयोजना गरिँदै दिवस मनाइँदै छ।
आजको दिन समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना पनि गरिन्छ।