म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

२०७९, बैशाख २८ बुधवार

  • 1.4K
    SHARES

  • म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    अन्नपूर्ण । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु छ।

    मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपूर्ण १ दोवाका ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन्।

    गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको हो। ग २ ख ६५८ नम्बरको ट्रक मङ्गलवार साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भुरुङ तातोपानीले जनाएको छ।

    २०७९, बैशाख २८ बुधवार०८:५४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार