काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

२०७९, बैशाख २८ बुधवार

  • 1.3K
    SHARES

  • काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

    प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।

    उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    २०७९, बैशाख २८ बुधवार०४:४०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार