सप्तरीको डाक्नेश्वरीको स्थगित मतदान १ जेठमा

सप्तरीको डाक्नेश्वरीको स्थगित मतदान १ जेठमा

२०७९, बैशाख ३० शुक्रवार

  • 1.2K
    SHARES

  • सप्तरीको डाक्नेश्वरीको स्थगित मतदान १ जेठमा

    काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका(२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो ।

    मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए ।

    एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो । विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए ।

     

    २०७९, बैशाख ३० शुक्रवार०४:५५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार