बुढानीलकण्ठमा खाता खोल्यो एमालेले, वडा नम्बर १ मा प्यानलै विजयी

बुढानीलकण्ठमा खाता खोल्यो एमालेले, वडा नम्बर १ मा प्यानलै विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 877
    SHARES

  • बुढानीलकण्ठमा खाता खोल्यो एमालेले, वडा नम्बर १ मा प्यानलै विजयी

    काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

    एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली काँग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएका छन्।

    उपमेयरमा पनि नेकपा एमालेले नै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई काँग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्।

    यसैबिच वडा नम्बर १ को मत गणना सकिएको छ। वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ।

    २०७९, बैशाख ३१ शनिवार०७:२४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार