काठमाडौंका ३ वटा नगरपालिकामा मतगणना जारी, एमालेलाई सुरुवाती अग्रता

काठमाडौंका ३ वटा नगरपालिकामा मतगणना जारी, एमालेलाई सुरुवाती अग्रता

२०७९, बैशाख ३१ शनिवार

  • 1.2K
    SHARES

  • काठमाडौंका ३ वटा नगरपालिकामा मतगणना जारी, एमालेलाई सुरुवाती अग्रता

    काठमाडौं । काठमाडौंका हालसम्म मतगणना शुरु भएका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् ।

    गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाएकी छन् ।

    त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् ।

    त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएका छन् ।

    उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा छिन् भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छैन । अन्य नगरपालिकाको मतगणना शुरु हुने क्रममा छ ।

    २०७९, बैशाख ३१ शनिवार०८:४१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार