काठमाडौंमा बालेन साहको सुरुवाती अग्रता

काठमाडौंमा बालेन साहको सुरुवाती अग्रता

२०७९, बैशाख ३१ शनिवार

  • 1.3K
    SHARES

  • काठमाडौंमा बालेन साहको सुरुवाती अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

    काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । प्रतिस्पर्धी धेरै भएका कारण यहाँको मत गणनाकार्य ढिलाई भईरहेको छ । 

    पहिलो चरणमा काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही वडा सम्पन्न गरे पश्चात गणनास्थल थप गरेर भएपनि चाँडै नतिजा निकाल्ने आयोगको भनाई छ । 

     

    २०७९, बैशाख ३१ शनिवार१२:३५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार