काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहवडामैँ नेपाली कांग्रेस पराजित भएको छ ।
प्रधानमन्त्री देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस पराजित भएको हो । वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन्।
प्रधानमन्त्री देउवाको पूर्व स्वकीय सचिव मल्लसँगै कांग्रेसबाट विद्रोह गरेका भण्डारी ६ सय ७३ ल्याएर वडा अध्यक्षमा निर्वाचत भएका हुन् । भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई १ सय १९ मतअन्तरले पराजित गरेका हुन् । देउवाले ५ सय ४४ मत प्राप्त गरेका थिए ।
त्यो वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको छ।