इलाम । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको गाउँ एलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका उम्मेदवार नविन लिम्बू ३ सय २५ ल्याएर विजयी भएका छन् । नविनले नेपाली कांग्रेसका दिलकुमार लिम्बूलाई ५४ मतान्तरले पराराजित गरेका छन् । दिलकुमार लिम्बुले २ सय ७१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार आषिश जवेगूले २ सय ६८ मत पाएका छन् ।
महिला सदस्यमा एमालेकै कल्पना राई ३४४, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा ३३८ तथा खुल्ला सदस्यमा टेकमान लिम्बू ३४५ र धनबहादुर राईले ३१० मत ल्याएर विजयी भएका छन् ।