काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले उमेदवार केशव स्थापितले मतसंख्या रफ्तारमा बढाएका छन् ।
अहिलेसम्म तीनवटा वडाहरु १, २ र ३२ को करिब १२ सय मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ३८६ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसकि सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।