सप्तरीको हनुमानगर कंकालिनीमा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि

सप्तरीको हनुमानगर कंकालिनीमा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि

२०७९, जेठ १ आइतवार

  • 1.1K
    SHARES

  • सप्तरीको हनुमानगर कंकालिनीमा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि

    राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ।

    सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्।

    दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।

    उपमेयरमा पनि जनमत पार्टीकी रेखादेवी मण्डलले अग्रता लिएकी छन्। उनले १६१५ मत पाएकी छन्। दोस्रोमा रहेकी जसपाकी सरितादेवी यादवले २९८ मत ल्याएकी छन्।

    अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ। वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि छन्।

    २०७९, जेठ १ आइतवार०६:५६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार