गुल्मीदरवार गाउँपालिकामा नेपाली काँग्रेस विजयी 

गुल्मीदरवार गाउँपालिकामा नेपाली काँग्रेस विजयी 

२०७९, जेठ १ आइतवार

  • 1.2K
    SHARES

  • गुल्मीदरवार गाउँपालिकामा नेपाली काँग्रेस विजयी 

    गुल्मी। गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।

    अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

    यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशीला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशीलाले ५ हजार ५८९ मत पाइन् ।

    गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली काँग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा सालिकराम टण्डन निर्वाचित भएका छन् ।

    नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देवीराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेस नै विजयी भएको थियो ।

    यस पटकको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिका पनि नेपाली काँग्रेसले जितेको छ ।

    २०७९, जेठ १ आइतवार०७:०६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार