काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार मत कटाएका छन् । पछिल्लो परिणामअनुसार शाहले २०७१ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् । शनिवार रातिबाट रफ्तारमा मत बढाएका शाहले प्रतिस्पर्धी भन्दा दोव्वर मतान्तरमा गति बढाएका छन् ।