भरतपुरमा १५ मतले रेनु पछाडि

भरतपुरमा १५ मतले रेनु पछाडि

२०७९, जेठ २ सोमवार

  • 1.6K
    SHARES

  • भरतपुरमा १५ मतले रेनु पछाडि

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच तिब्र प्रतिस्पर्धा भइरहेको छ । अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ ।

    गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।

    उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ र राप्रपाकी हिमला गुरुङले २६६५ मत ल्याएकी छन् । 

    हाल वडा नम्बर तीनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार एमालेका विकास थापाले ६७७ मत ल्याएका छन् भने कांग्रेसका भरत लामिछानेले ४२९ मत ल्याएका छन् ।

    २०७९, जेठ २ सोमवार०६:४९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार