निस्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी 

निस्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी 

२०७९, जेठ ३ मंगलवार

  • 1.7K
    SHARES

  • निस्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी 

    पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी भएका छन् ।  

    उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गरेका छन् । 

    यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ ।

    वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएका छन् । 

    कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो । 

    यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ ।

    २०७९, जेठ ३ मंगलवार०७:५२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार