भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा पुनः एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
नगरपालिकाको वडा नं. ५ कटुन्जेको मतगणना जारी रहँदा नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तथा निवर्तमान नगर प्रमुख वासुदेव थापाले अग्रता कायम गरेका छन् ।
वडा नं.४ सम्मको मत गणनामा काँग्रेसका ढुङ्गेलको अग्रता रहेको थियो । पछिल्लो मत परिणाम अनुसार एमालेका थापाले ७ हजार १ सय ५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार निशान ढुङ्गेलले ६ हजार ९ सय ९९ मत पाएका छन् । पछिल्लो पटक थापा र ढुङ्गेल बिचको मतान्तर १ सय ६ रहेको छ ।
यसअघि वडा नं.१ को अन्तिमसम्म अग्रता कायम गरेका थापालाई १, २, ३, ४ को मत गणना सम्पन्न हुँदासम्म नेपाली काँग्रेसका ढुङ्गेलले उछिनेका थिए ।
त्यसैगरी उपप्रमुख पदकी एमालेका सरिता भट्टराईले पनि अग्रता कायम गरेकी छन् ।
भट्टराईले ७ हजार १ सय ९५ मत पाएकी छन् भने उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ४ हजार १ सय ३२ मत ल्याएका छन् । भट्टराई र बस्नेतको मतान्तर ३ हजार ६३ रहेको छ ।