धनकुटा नगरपालिकाको प्रमुख  र उपप्रमुखमा एमाले बिजयी

धनकुटा नगरपालिकाको प्रमुख  र उपप्रमुखमा एमाले बिजयी

२०७९, जेठ ३ मंगलवार

  • 1.3K
    SHARES

  • धनकुटा नगरपालिकाको प्रमुख  र उपप्रमुखमा एमाले बिजयी

    धनकुटा  । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।  

    धनकुटा नगरपालिकामा प्रमुख  र उपप्रमुखसहित ५ वटा वडामा  एमालेले जित हासिल गरेको छ ।

    निर्वाचन आयोगका अनुसार धनकुटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ ७ हजार ६६६ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७ हजार ६५२ मत ल्याएका छन् ।

     

    २०७९, जेठ ३ मंगलवार०३:२८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार