झापाको कनकाई नगरपालिकाको प्रमूखमा भारि मतान्तरले पुनः एमालेका पोखरेल विजयी

झापाको कनकाई नगरपालिकाको प्रमूखमा भारि मतान्तरले पुनः एमालेका पोखरेल विजयी

२०७९, जेठ ४ बुधवार

  • 1.4K
    SHARES

  • झापाको कनकाई नगरपालिकाको प्रमूखमा भारि मतान्तरले पुनः एमालेका पोखरेल विजयी

    झापा । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् । २ हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई प्रमूखमा निर्वाचित भएका हुन् ।

    कनकाईमा जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि थापा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    उपप्रमूखमा भने नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन् । नगरपालिकाकी वर्तमान उपप्रमूख रहेकी प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याएकी छिन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईलाई १ हजार ८ सय ६८ मतान्तरले पराजित गरेकी हुन् ।

    प्रसाईँले नगरप्रमूख भन्दा १ सय ७२ मत धेरै प्राप्त गरे पनि जित निकाल्न सकिनन् । 

     

    २०७९, जेठ ४ बुधवार०७:२६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार