चन्द्रागिरी ६ मा एमाले युवा उमेदवार सिग्देलको प्यानलै विजयी 

चन्द्रागिरी ६ मा एमाले युवा उमेदवार सिग्देलको प्यानलै विजयी 

२०७९, जेठ ४ बुधवार

  • 1.3K
    SHARES

  • चन्द्रागिरी ६ मा एमाले युवा उमेदवार सिग्देलको प्यानलै विजयी 

    काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

    शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार संजय सिग्देलको प्यानलै विजयी भएको हो ।

    sanjay-1.PNG

    यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ६ को अध्यक्षमा नपत्याईएको युवा उमेदवार बनेर लोकप्रिय मत सहित निर्वाचित सिग्देलले पुनः नेपाली कांग्रेसका शान्ता उदास सहितको टिमलाई पराजित गर्दै बिजयी भएका हुन् । यस वडामा २१८५ मत खसेको थियो ।

    कोरोना महामारीका समयमा गरिएका विविध गतिविधि, स्थानिय विकास, शान्ति सुरक्षा कायम गर्न खेलेको महत्वपूर्ण कदमका कारण सिग्देललाई जनताले पुनः निर्वाचित गरेका स्थानिय सुरेश डंगोलको छोटो प्रतिक्रिया थियो ।  

    २०७९, जेठ ४ बुधवार११:४५:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार