काठमाडौं महानगर अपडेट : स्थापितले भोट खसाएको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

काठमाडौं महानगर अपडेट : स्थापितले भोट खसाएको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

२०७९, जेठ ४ बुधवार

  • 1.6K
    SHARES

  • काठमाडौं महानगर अपडेट : स्थापितले भोट खसाएको वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा भोट खसाएका थिए ।

    प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् भने ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै काँग्रेसकी सिर्जना सिंहको ३३ मत प्राप्त गरेकी छन् ।

    समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ भने स्थापितले ९,०२१ र सिंहले ८,१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेका छन् ।

     

    २०७९, जेठ ४ बुधवार०२:५७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार