धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् ।
प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई १ हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित विशेश्वरले ३ हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत मात्र प्राप्त गरे ।
उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले २ हजार ७६६ मत मात्र प्रापत गरिन् ।
सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस
धनुषाको शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।
प्रमुखमा यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले ४ हजार १०५ मत प्राप्त गरे ।
उप प्रमुखमा सुनिताले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले ४ हजार ७९१ मत प्राप्त गरिन् ।