माधव नेपालको गृहवडामा एमालेको प्यानलै विजयी 

माधव नेपालको गृहवडामा एमालेको प्यानलै विजयी 

२०७९, जेठ ६ शुक्रवार

  • 1.2K
    SHARES

  • माधव नेपालको गृहवडामा एमालेको प्यानलै विजयी 

    काठमाडौं । गतहप्ता सम्पन्न स्थानिय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । 

    ताजा मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको वडा नं ३२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । अध्यक्षमा नवराज पराजुली, सदस्यहरुमा हिरा देबी पोख्रेल, सिता बिशुङ्खे, भगवान बुढाथोकी र हरि बस्नेत विजयी भएका छन् । 

    यो वडा नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको गृहवडा हो । यहाँ ५ दलिय गठबन्धनले नवराजकै नातेदार पर्ने सिता पराजुलीलाई उमेदवार बनाए पनि जित हासिल गर्न सकेन । 

    मतगणनाका क्रममा पटकपटक विवाद हुँदै रोकिँदै, पुनः शुरुहुँदै गरिएको गणनाको अन्तिम नतिजा हप्ता दिनमा मात्र सम्पन्न भएको हो । 

    २०७९, जेठ ६ शुक्रवार०८:५७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार