झापा । झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा पवित्रा महतारा प्रसाईँ र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी भएका हुन् ।
महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गर्दा सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादीका सीपी कडरियाले ८ हजार ४५१ मत प्राप्त गरे ।
यसअघि उपप्रमुख रहेकी महतारा झापामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला पनि बनेकी छन् ।