ललितपुरको महालक्ष्मी नगर प्रमूखमा एमाले र उपप्रमूखमा कांग्रेस विजयी

ललितपुरको महालक्ष्मी नगर प्रमूखमा एमाले र उपप्रमूखमा कांग्रेस विजयी

२०७९, जेठ ७ शनिवार

  • 1.7K
    SHARES

  • ललितपुरको महालक्ष्मी नगर प्रमूखमा एमाले र उपप्रमूखमा कांग्रेस विजयी

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमूखमा नेकपा एमाले र उपप्रमूखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमूखमा हरि गोविन्द श्रेष्ठ र उपप्रमूखमा लक्ष्मी महर्जन विजयी भएका हुन् ।

    एमाले उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन् ।

    यसैगरी उपप्रमूखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५९१ मतसहित विजयी हुँदा नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६२४ मत पाएका छन् ।

    २०७९, जेठ ७ शनिवार१२:४०:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार