काठमाडौं । शुक्रवार सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
आयोगबाट भरखरै प्राप्त मत परिणाम अनुसार काठमाडौं महानगरपालिका वडा नं ३१ मा नेकपा एमालेका अध्यक्षका उमेदवार सरोज ढकालले ४ हजार ७६७ मत प्राप्त गरेका छन् ।
एमालेका ढकालले ४,७६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी प्रकाश राणाले २,९९१ मतका ल्याएका छन् ।
ढकाल नेपाली कांग्रेसका प्रकाश राणालाइ १,७७६ को फराकिलो मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् ।
सदस्यहरुमा अप्सरा खनाल ३,७६०, सान्नानी मिजार ३,७२६ र हुमादेवी आचार्यले ३,६१० मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा नेपाली काँग्रेसका तर्फबाट झिनो मतान्तरले अशोक केसीले ३,६३४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रमेस सत्यालले ३,५९१ मत प्राप्त गरेका छन् । सदस्यमा नेपाली काँग्रेसका अशोक केसी र एमालेका रमेश सत्यालको मतको अन्तर भने ४३ मात्र रहेको छ ।
यस वडामा १०,९६० मत खसेको आयोगले जनाएको छ ।
