पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

२०७९, जेठ ७ शनिवार

  • 1.2K
    SHARES

  • पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

    कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

    पोखरामा आज दिउँसो २ः३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले ३० हजार ९४९ मत सहित पछ्याइरहेका छन् । 

    पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ३३५ मत प्राप्त गरेका छन् । 

    यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाएकी छन् । 

    गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा काँग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याएकी छन् । गणनाको सुरुवातदेखि अग्रता बनाएकी रानाभाट शुक्रवार रातिदेखि गणनामा पछि परेकी हुन् ।

    पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।

    गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म काँग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ । 

    २०७९, जेठ ७ शनिवार०४:०७:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार