काठमाडौं । काठमाडौं महानगरपालिकामा दिउँसो २ बजेसम्म १ लाख २९ हजार १ सय ३७ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहेका छन् ।
उनले ४४ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २६ हजार ५ सय ५८ मत र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २५ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।