पोखरा महानगर : एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक

पोखरा महानगर : एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक

२०७९, जेठ १० मंगलवार

  • 1.5K
    SHARES

  • पोखरा महानगर : एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक

    पोखरा । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा जित नजिक पुगेका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

    १ लाख ३८ हजार २११ मत गणना हुँदा मेयर पदका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

    उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

    २०७९, जेठ १० मंगलवार०७:२९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार