तुलसीपुर उपमहानगर : मेयर र उपमेयरमा एमाले जित नजिक

तुलसीपुर उपमहानगर : मेयर र उपमेयरमा एमाले जित नजिक

२०७९, जेठ ११ बुधवार

  • 1.5K
    SHARES

  • तुलसीपुर उपमहानगर : मेयर र उपमेयरमा एमाले जित नजिक

    बुटवल । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन् । 

    दुई वडाहरूको मतगणना जारी रहे पनि अहिलेसम्म प्राप्त भएका मतका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भएको हो।

    अहिलेसम्म ७११६६ मत गणना भइसक्दा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गरेका छन्।

    मेयरका उम्मेदवारमध्ये एमालेका खड्का ३३६६ मतले अगाडि र उपमेयरमा चौधरी ९२०१ मतले अगाडि छिन्।

    तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको थियो। अब तीन हजार एक सय ७० मत मात्रै गणना हुन बाँकी छ।

    तुलसीपुरमा एमालेले हालसम्म २, ३, ६, ८, १०, ११, १३, १५ र १८ नम्बर गरी ९ वडा जितेको छ। यो पटक एमालेले काँग्रेसबाट २, ८, १०, ११ र १३ गरी पाँच वडाहरू खोसेको हो।

    त्यस्तै काँग्रेसले वडा नम्बर ५, ७, ९ र १४ नम्बर गरी चार वडामा जितेको छ। माओवादीले वडा नम्बर १, ४ र १२ जितेको छ भने वडा नम्बर १६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

    जारी मत गणना अन्तरगत वडा नम्बर १७ मा काँग्रेस झिनो मतान्तरले अगाडि छ। त्यस्तै वडा नम्बर १९ मा एमाले अगाडि छ।

    २०७९, जेठ ११ बुधवार०७:३९:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार