उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका श्रेष्ठ निर्वाचित

उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका श्रेष्ठ निर्वाचित

२०७९, जेठ ११ बुधवार

  • 1.6K
    SHARES

  • उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका श्रेष्ठ निर्वाचित

    उदयपुर । उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा काँग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । 

    उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४सय ६५ मतान्तरले पराजित गरे ।

    कटारीमा २५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याए भने बरालले ५ हजार ९ सय ५२ मात्र मत प्राप्त गरे ।

    उपमेयरमा एमालेकी गीत खड्का निर्वाचित भएकी छन्  । खड्काले गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले पराजित गरे । 

    खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त  गरे  ।

    २०७९, जेठ ११ बुधवार०३:१०:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार