काश्मिरकी टिकटक स्टार अम्रिन भाटको हत्या

काश्मिरकी टिकटक स्टार अम्रिन भाटको हत्या

२०७९, जेठ १२ बिहिवार

  • 1.4K
    SHARES

  • काश्मिरकी टिकटक स्टार अम्रिन भाटको हत्या

    नयाँ दिल्ली । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ।

    टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन्। आक्रमणमा महिलाका १० वर्षीय भतिजापनि घाइते भएका छन्।

    लश्कर–ए–तैइबा (एलईटी)मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ।

    ‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए।

    उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ।

    युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। -एजेन्सी । 

    २०७९, जेठ १२ बिहिवार०७:१७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार