काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको तिन वटा वडाको मात्र मत गन्न बाँकी छ । वडा नम्बर १४, १५ र १६ मात्र गन्न बाँकी रहेका वडा हुन् ।
हाल सम्मको मत परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले जित हासिल गरिसकेका छन् । यद्यपि अन्तिम मत परिणाम सहित आधिकारिक घोषणा भने बाँकी नै छ ।
शाहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।
१ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, नेपाली काँग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् ।
एमालेका उम्मेदवार केशव स्थापितको पक्षमा ३७ हजार २१८ मत खसेको छ ।
तिनैवडाको मत गणना रफतारमा रहेकाले साँझ सम्ममा अन्तिम मत परिणाम आउने आँकलन गरिएको छ ।