काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले शुक्रवार घोषणा गरे अनुसार महानगरपालिकाको प्रमूखमा स्वतन्त्र उमेदवार बालेन शाहले ६१ हजार ७ सय ३७ मत प्राप्त गरि विजयी भए । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरिन् भने नेकपा एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरे ।
त्यसैगरि उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।
अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ वडा जितेको छ । जसअन्तर्गत वडा नं ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० रहेका छन् । त्यस्तै, नेकपा एमालेले १२ वटा वडा जितेको छ । जसअन्तर्गत वडा नं १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१, र ३२ रहेका छन् । महानगरको १ मात्र वडा नं १५ भने समाजवादीले जितेको छ ।
कहाँ को बने वडाध्यक्ष ?
वडा नं १ मा एमालेका भरतलाल श्रेष्ठले ६२२ मत ल्याई विजयी हुँदा कांग्रेसका किरण श्रेष्ठले ५९८ मत पाए ।
वडा नं २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठले एक हजार ३७७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सूर्यलाल महर्जन ९६३ मत ल्याएर दोस्रो स्थानमा रहे ।
वडा नं ३ मा एमालेका उम्मेदवार प्रेम थापा दुई हजार १३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले एक हजार ४९१ मत पाए ।
वडा नं ४ मा एमालेका दिनेश महर्जनले चार हजार ६०४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रामप्रसाद न्यौपानेले दुई हजार २८९ मत ल्याएर दोस्रो स्थानमा रहे ।
वडा नं ५ मा एमालेका वीरेन्द्र प्रजापतिले एक हजार ८१८ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश डंगोलले एक हजार ५७५ मत पाए । यो वडामा ०७४ सालमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।
वडा नं ६ मा कांग्रेस उम्मेदवार भुवन लामा तीन हजार ८७६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी बसन्त लामाले दुई हजार ७३२ मत ल्याए ।
वडा नं ७ मा कांग्रेसका विमलकुमार होडा दुई हजार ८६७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार कृष्णमणि भट्टराईले दुई हजार ८१६ मत ल्याए ।
वडा नं ८ मा कांग्रेसका आशामान संगत एक हजार ५५७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उमेशकुमार कुइँकेल ७३८ मत ल्याएर पराजित बने ।
वडा नं ९ मा कांग्रेसका रामजी भण्डारी दुई हजार ७९० मत ल्याएर विजयी हुँदा एमालेका रामकृष्ण जयखु श्रेष्ठ दुई हजार २९८ मत ल्याएर पराजित भए ।
वडा नं १० मा रामकुमार केसी तीन हजार ४२८ ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अशोक कार्कीले एक हजार ९५३ मत पाए ।
वडा नं ११ मा कांग्रेसका हिरालाल तण्डुकार एक हजार ५५५ मत ल्याएर निर्वाचित हुँदा एमालेका योगेन्द्रमान श्रेष्ठ ९५० मत ल्याएर पराजित भए ।
वडा नं १२ मा कांग्रेसका बाबुकृष्ण महर्जन दुई हजार २१७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार विकास डंगोलले एक हजार ४८ मत पाएर पराजित भए ।
वडा नं १३ मा एमालेका ध्रुवनारायण मानन्धर तीन हजार १२४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सुरेन्द्र मानन्धर दुई हजार ६५४ मत ल्याए ।
वडा नं १४ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठ तीन हजार ४४२ मतसहित निर्वाचित हुँदा नेकपा एमालेकी रश्मी खड्का तीन हजार ३४६ मतसहित दोस्रो स्थानमा रहिन् ।
वडा नं १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल तीन हजार ४७६ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका कांग्रेसका जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमाले उम्मेदवार तेस्रो स्थानमा रहे ।
वडा नं १६ मा कांग्रेसका मुकुन्द रिजाल चार हजार १९ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधर तीन हजार ३१० मत पाएर दोस्रो स्थानमा रहे ।
वडा नं १७ मा कांग्रेसका नवीन मानन्धर दुई हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका मचाराजा महर्जन एक हजार ४३१ मत पाए ।
वडा नं १८ मा एमालेका न्हुछेकाजी महर्जन एक हजार २९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राजन महर्जनले ७७१ मत पाए ।
वडा नं १९ मा कांग्रेका राजेशकुमार श्रेष्ठ एक हजार २०० मत ल्याएर निर्वाचित हुँदा पराजित एमालेका उम्मेदवार चन्द्रमान मुनिकरले ७४१ मत पाए ।
वडा नं २० मा कांग्रेसका राजेश मानन्धरले एक हजार ४७५ मत ल्याएर निर्वाचित हुँदा एमालेका हितकर वीर सिंह ताम्राकार ६६५ मत ल्याएर पराजित भए ।
वडा नं २१ मा एमालेका उदय चुणामणि बज्राचार्य दुई हजार १०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधुसुदन प्रधानले एक हजार ५१३ मत ल्याए ।
वडा नं २२ मा एमालेका चिनीकाजी महर्जन दुई हजार ६० मतसहित निर्वाचित हुँदा कांग्रेसका शालिग्राम तण्डुकार एक हजार ४७८ मत पाएर दोस्रो स्थानमा रहे ।
वडा नं २३ मा एमालेका मचाराजा महर्जन एक हजार १६१ ल्याएर निर्वाचित हुँदा कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत पाए ।
वडा नं २४ मा कांग्रेसका विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुजन विलासी बज्राचार्य ९२४ मत सहित पराजित भए ।
वडा नं २५ मा कांग्रेसका राजेश डंगोल ९१३ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत पाए । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार राजेशप्रसाद श्रेष्ठले ६४२ मत पाए ।
वडा नं २६ मा कांग्रेसका ख्यामराज तिवारीले तीन हजार ३१५ मत ल्याएर निर्वाचित हुँदा एमालेका तीर्थकाजी डंगोल दुई हजार ४२९ मत पाएर दोस्रो स्थानमा रहे ।
वडा नं २७ मा पनि कांग्रेसका योगेश कुमार खड्गीले एक हजार ५४१ मत ल्याएर निर्वाचित हुँदा पराजित एमालेका उम्मेदवार चिनियामान बज्राचार्यले एक हजार ३०३ मत पाए ।
वडा नं २८ मा कांग्रेसका भाइराम खड्गी एक हजार २८२ मत पाएर निर्वाचित हुँदा एमालेका विप्रेन्द्र खड्गीले एक हजार ७३ मत ल्याएर पराजय भोगे ।
वडा नं २९ मा कांग्रेसका कुश ढकाल एक हजार ९२१ मत पाएर निर्वाचित हुँदा एमालेका शिवराम राजवंशीले एक हजार ८७१ मत ल्याएर पराजय व्यहोरे ।
वडा नं ३० मा कांग्रेसका दलबहादुर कार्कीले दुई हजार हजार ६१ मत ल्याएर निर्वाचित हुँदा एमालेका कृष्णभक्त खड्गीले ९१६ मत पाए ।
वडा नं ३१ मा एमालेका सरोज ढकाल चार हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रवीन्द्र विक्रम राणा दुई हजार ९९१ मत ल्याएर दोस्रो स्थानमा रहे ।
वडा नं ३२ मा एमालेका नवराज पराजुली पाँच हजार २२५ मत ल्याएर निर्वाचित हुँदा एकीकृत समाजवादीकी सीतादेवी पराजुली कँडेलले तीन हजार १०८ मत पाएर दोस्रो स्थान हासिल गरिन् ।