राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

२०७९, जेठ १४ शनिवार

  • 1.7K
    SHARES

  • राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको छ । 

    २०७९, जेठ १४ शनिवार०८:२१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार