कति बजे लगाउने शुभसाइतको भाइटीका ?

कति बजे लगाउने शुभसाइतको भाइटीका ?

२०८३, कार्तिक २६ बुधवार

  • 177
    SHARES

  • कति बजे लगाउने शुभसाइतको भाइटीका ?

    काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा छ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइत सम्बन्धी विवरण अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने छ।

    शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा भए पनि दिनभर जुनसुकै समय टीका लगाउन सकिनेछ।

    २०८३, कार्तिक २६ बुधवार०७:२६:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार