गोकर्णेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न, को को निर्वाचित भए ?

गोकर्णेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न, को को निर्वाचित भए ?

२०७९, जेठ १४ शनिवार

  • 1.5K
    SHARES

  • गोकर्णेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न, को को निर्वाचित भए ?

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ। कुल १९ सदस्यीय कार्यपालिकामा  ८ जना सदस्य निर्वाचित भए संगै कुल १४ सदस्य सहित एमालेको बहुमत भएको छ ।

    गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेका ५ वडा अध्यक्ष, ८ निर्वाचित सदस्य र १ जना उपमेयर सहित १४ जना सदस्य भएका छन भने नेपाली कांग्रेसका १ प्रमुख र ३ वडा अध्यक्ष सहित ४ जना र १ स्वतन्त्र रहेका छन् ।

    कुल मत ४७ रहेको नगरपालिकामा एमालेले २४ र कांग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गोकर्णेश्वरले जानकारी दिएको छ।

    कार्यपालिकामा को को निर्वाचित भए ?

    १. गौरीमाया श्रेष्ठ

    २. माया तामाङ

    ३. लक्ष्मी भण्डारी

    ४. मिना दर्जी

    ५. सोभिता मिजार

    दलित तथा अल्पशंख्यक 

    १. देवी माया लिम्बु

    २. पासाङ वान्ग्चु शेर्पा

    ३. हरी बहादुर बिक

    २०७९, जेठ १४ शनिवार०९:११:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार