वडा कार्यालयले के के काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

वडा कार्यालयले के के काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

२०७९, जेठ १५ आइतवार

  • 2.4K
    SHARES

  • वडा कार्यालयले के के काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

    काठमाडौं । संघिय गणतन्त्र स्थापना भए पश्चात दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सबै पालिका र वडा कार्यालयहरूमा नयाँ जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दैछन् ।

    जनताको घर आँगनमा रहेको आधारभुत आवश्यकता सँग जोडिएको स्थानिय सरकार अन्तर्गतको वडा कार्यालयले के के काम गर्न पाउँछ सो बारे आज हामी चर्चा गर्दैछौं ।

    स्थानीय तह अन्तर्गत वडाले देहाय वमोजिमका विषयमा सिफारिश वा प्रमाणित गर्ने कार्य गर्न पाउने छन् । जसअन्तर्गत :
    १. नाता प्रमाणित
    २. नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने ।
    ३. बहाल करको लेखाजोखा सिफारिश गर्ने ।
    ४. कोठा खोल्न रोहबरमा बस्ने ।
    ५. मोही लगत कट्टा सिफारिश गर्ने ।

    ६. घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने ।
    ७. जन्म मिति प्रमाणित गर्ने ।
    ८. व्यापार व्यवसाय बन्द भएको वा संचालन नभएको वा ब्यापार व्यवसाय हुँदै नभएको सिफारिश गर्ने ।
    ९. मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिश गर्ने ।
    १०. विवाह प्रमाणित, अविवाहित प्रमाणित गर्ने ।
    ११. निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिश गर्ने ।

    १२. आफ्नो अधिकारक्षेत्रका विषयमा अंग्रेजी भाषामा सिफारिश तथा प्रमाणित गर्ने ।
    १३. घर पाताल प्रमाणित गर्ने ।
    १४. व्यक्तिगत विवरण प्रमाणित गर्ने ।
    १५. पुर्जामा घरकायम गर्ने सिफारिश गर्ने ।
    १६. फरक, फरक नाम, थर, जन्म मिति सिफारिश र प्रमाणितरदुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिश गर्ने ।

    १७. नाम, थर, जन्म मिति संसोधनको सिफारिश गर्ने ।
    १८. जग्गा धनीपुर्जा हराएको सिफारिश गर्ने ।
    १९. कागज र मन्जुरीनामा प्रमाणित गर्ने ।
    २०. कित्ताकाट सिफारिश गर्ने ।
    २१. संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिश गर्ने ।
    २२. जीवितसँगको नाता प्रमाणित गर्ने ।
    २३. हकवाला वा हकदार प्रमाणित गर्ने ।
    २४. नामसारी सिफारिश गर्ने ।

    २५. जग्गाको हक सम्बन्धी सिफारिश ९सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा बाहेक० गर्ने ।
    २६. मृतकसँगको नाता प्रमाणित, सर्जमिन, सिफारिश गर्ने ।
    २७. उद्योग ठाउँसारी सिफारिश गर्ने ।
    २८. जीवित रहेको सिफारिश गर्ने ।
    २९. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिश गर्ने ।
    ३०. जग्गा मूल्यांकन सिफारिश प्रमाणित गर्ने ।

    ३१. विद्यालयको कक्षा बृद्धि सिफारिश गर्ने ।
    ३२. पालन पोषण सिफारिश गर्ने ।
    ३३. वैवाहिक अंगिकृत नागरिकता सिफारिश गर्ने ।
    ३४. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित–आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
    ३५. विद्यालय ठाउँसारी सिफारिश गर्ने ।
    ३६. धारा तथा विद्युत जडान सिफारिश गर्ने ।
    ३७. प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिश वा प्रमाणित गर्ने ।

    २०७९, जेठ १५ आइतवार११:०३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार