काठमाडौँ महानगर : मेयर बालेन शाह, उपमेयर डङ्गोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि

काठमाडौँ महानगर : मेयर बालेन शाह, उपमेयर डङ्गोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि

२०७९, जेठ १५ आइतवार

  • 2.6K
    SHARES

  • काठमाडौँ महानगर : मेयर बालेन शाह, उपमेयर डङ्गोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् ।

    भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् ।

    सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डङ्गोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

    २०७९, जेठ १५ आइतवार०१:०२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार