मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

२०७९, जेठ १६ सोमवार

  • 1.2K
    SHARES

  • मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

    काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

    विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौँ।’

    स्थानिय शेर्पाले हराईरहेको विमान भेटे पछि सुरक्षा निकायलाई जानकारी गराएका बताइएको छ । 

    पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

    २०७९, जेठ १६ सोमवार०८:१८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार