बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

२०७९, जेठ १६ सोमवार

  • 1.7K
    SHARES

  • बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ ।

    सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । ज्येष्ठ कृष्ण औँशीका दिन आज परेको सोमबारे औँशी यस वर्षको पहिलो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन् ।

    सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए ।

    औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ ।

    प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रहिआएको छ । माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् ।

    यसका लागि पनि सोमबार परेको औँशी विशेषरुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए ।

    २०७९, जेठ १६ सोमवार११:३६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार