खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको मृत्यु

खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको मृत्यु

२०७९, जेठ २१ शनिवार

  • 1.5K
    SHARES

  • खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको मृत्यु

    तनहुँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

    सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । 

    मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

    २०७९, जेठ २१ शनिवार०२:३२:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार