बुटवल । रुपन्देहीको भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ। यसैगरी २३ जना घाइते भएका छन्।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खस्दा ३२ जना घाइते भएका थिए।
गम्भीर घाइतेमध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खसेर घाइते भएकाहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए।
दुर्घटनाको कारण पत्तालागि सकेको छैन ।