फिल्म क्याम्पसको प्रांगणमा तयार भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोको विशेष प्रस्तुति ‘कथा कस्तुरी’ शुरु

फिल्म क्याम्पसको प्रांगणमा तयार भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोको विशेष प्रस्तुति ‘कथा कस्तुरी’ शुरु

२०७९, जेठ २७ शुक्रवार

  • 3.1K
    SHARES

  • फिल्म क्याम्पसको प्रांगणमा तयार भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोको विशेष प्रस्तुति ‘कथा कस्तुरी’ शुरु

    काठमाडौँ । उपत्यकामा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालनमा आएको छ । गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो। थिएटर नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त प्रयासमा स्थापित नयाँ नाटकघर हो।

    बिहीबार उक्त नाटकघरमा दिया मास्केद्वारा निर्देशित तथा आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’मा आधारित नाटक ‘कथा कस्तुरी’को पहिलो प्रदर्शन गरिएको छ। विशिष्ट व्यक्तित्व आमन्त्रण गरेर उद्घाटन गरिएको नाटकले पारखीलाई भरपूर आनन्द दिएको थियो । ‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’को प्रस्तुतिमा एक्टर्स स्टुडियोकै उत्पादनहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी, सन्तोषवीरसिंह बस्नेत, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र विकास खड्कालगायतले नाटकमा अभिनय गरेका छन्।

    2.jpg

    नाटकमा नेपालको पश्चिम तराईमा यदाकदा भेटिने सपेरा जातिको जनजीवनलाई मुख्य विषय बनाइएको छ। नाटकले सपेरा जीवनका कथालाई नाट्य रुपमा प्रस्तुत गर्नुका साथै न्यून संख्यामा रहेका जातिहरुमाथि राजनीतिकर्मीले गर्ने फोहोरी खेलको पर्दा पनि उघार्ने प्रयास गरेको छ। निर्देशक मास्केले मधेसप्रति आफ्नो धेरै सम्झना रहेको उल्लेख गर्दै मिथक र पूराकथाप्रतिको लगावका कारण दर्शकहरुलाई समग्र रङ्गमञ्चको अनुभव दिलाउन यो कथा मञ्चन गरेको बताइन्।

    अभिनेता तथा निर्देशक अनुप बरालको परिकल्पनामा जन्मिएको एक्टर्स स्टुडियोले थुप्रै कलाकारहरु जन्माएको छ। अहिले एक्टर स्टुडियोमा कला निर्देशक रहेका बरालले नाटकघर र नाटक सँगसँगै निर्माण भएको उल्लेख गर्दै योसँगै धेरै सपनाहरुले आकार लिने सम्भावना बढ्दै गएको बताए।

    4.jpg

    नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीका अनुसार चलचित्र अध्ययनका लागि विद्यार्थीहरुको अभिनयप्रतिको आकर्षण र एक्टर्स स्टुडियोको अभिनय शिक्षाको दक्षताले स्टुडियो थिएटरको जन्म भएको हो।

    यो नाटक जेठ २७ गते शुक्रबारदेखि असार १९ गतेसम्म हरेक दिन बेलुकी ५ बजे प्रदर्शन हुनेछ। नाटक करिव डेढ घण्टाको रहेको छ । 

    7.jpg5.jpg9.jpg6.jpg3.jpg

    २०७९, जेठ २७ शुक्रवार०८:१३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार