काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रवारलाई विदाई गर्दै शनिबारको नवबिहानी स्वागत गर्ने समयमै बिहान २ बजेर २६ मिनेटमा उपत्यकामा तीनै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।
रातिको समयमा ठूलै झट्का महसुस भएको सर्वसाधारणहरुले सामाजिक सञ्जालमा लेखेका छन्।