आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

२०७९, आषाढ ९ बिहिवार

  • 1.0K
    SHARES

  • आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

    काठमाडौँ । आजदेखि सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइँदैछ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो।

    बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ।

    आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन्।

    त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।

    बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ।

    २०७९, आषाढ ९ बिहिवार०७:०७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार